ज्येष्ठ व्यक्तिहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवाबारे विश्व स्वास्थ्य सङ्गठनको यस सर्वेक्षणमा स्वागत छ। योगदानका लागि धन्यवाद।
तपाईंका उत्तरले ज्येष्ठ व्यक्तिहरूका लागि गुणस्तरीय स्वास्थ्य तथा हेरचाह सेवाका विश्वव्यापी मापदण्ड बनाउन मद्दत गर्नेछन्।
परिचय
विश्वभर मानिसहरू लामो समय बाँचिरहेका छन्। त्यसैले उमेर बढेपछि हामीलाई चाहिने स्वास्थ्य सेवाहरू पहिलाभन्दा महत्वपूर्ण छन्। उदाहरणका लागि, परिवारको चिकित्सक, स्वास्थ्य केन्द्र वा क्लिनिकमा नियमित जाने, औषधि पसलबाट औषधि लिने, अस्पतालमा विशेषज्ञ सेवा, पुनर्स्थापना वा मानसिक स्वास्थ्य सेवा, दिवा सेवा वा हेरचाह केन्द्रमा हेरचाह, र घर वा आवासीय संस्थामा दीर्घकालीन हेरचाह तथा दैनिक काममा सहायता यसमा पर्छन्।
विश्व स्वास्थ्य सङ्गठनले ज्येष्ठ व्यक्तिहरूका फरक-फरक आवश्यकता पूरा गर्न देशहरूसँग मिलेर यी सेवाका नयाँ अन्तर्राष्ट्रिय मापदण्ड बनाउँदै छ। उद्देश्य तपाईंका लक्ष्य, मूल्य र रोजाइअनुसार सेवा अझ राम्रो, सुरक्षित र सम्मानजनक बनाउनु हो।
यो काम राम्रोसँग गर्न पहिले यी सेवा दैनिक प्रयोग गर्ने व्यक्तिहरूको कुरा सुन्नुपर्छ।
स्वास्थ्य सेवाको तपाईंको अनुभव हाम्रा लागि महत्त्वपूर्ण छ।
हामी तपाईंको वास्तविक अनुभव सुन्न चाहन्छौँ: के राम्रो भयो, के कठिन थियो र स्वास्थ्य सेवा प्रयोग गर्दा के फरक भएको चाहनुहुन्थ्यो।
यो सर्वेक्षण केबारे हो
ज्येष्ठ व्यक्तिहरूले स्वास्थ्य सेवाको कस्तो अनुभव गर्छन् भन्ने बुझ्न चाहन्छौँ। यसमा तपाईंले भोगेका कठिनाइ, पाएको वा नपाएको सहयोग र तपाईंका अनुसार के सुधार गर्नुपर्छ भन्ने पर्छ। तपाईंका उत्तरले ज्येष्ठ व्यक्तिहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवाका भावी अन्तर्राष्ट्रिय मापदण्ड बनाउन मद्दत गर्नेछन्, ताकि प्रत्यक्ष प्रभावित व्यक्तिहरूका प्राथमिकताले मार्गदर्शन गरून्।
सक्नुभएसम्म धेरै प्रश्नको उत्तर दिन सादर आमन्त्रण गर्छौं। कुनै पनि उत्तर सही वा गलत हुने छैन।
कसले भाग लिन सक्छ
भाग लिन यी दुवै सर्त पूरा गर्नुपर्छ:
तपाईंको उमेर 60 वर्ष वा बढी हुनुपर्छ
र
पछिल्ला 12 महिनामा कम्तीमा एक पटक स्वास्थ्य सेवा प्रयोग गरेको हुनुपर्छ, जस्तै क्लिनिक, अस्पताल वा दिवा सेवा केन्द्र वा हेरचाह केन्द्र गएको।
चाहनुहुन्छ भने विश्वास गर्ने व्यक्ति, जस्तै परिवारका सदस्य, साथी, समुदायका सदस्य वा स्वास्थ्य तथा हेरचाहकर्मीलाई सर्वेक्षण भर्न मद्दत माग्न सक्नुहुन्छ।
तपाईंको सहभागिता
सहभागिता स्वैच्छिक हो। भाग लिन सर्वेक्षणको जानकारी बुझ्न र उपलब्ध भाषामध्ये एउटामा प्रश्नावली भर्न सक्नुपर्छ।
उत्तर पठाउनुअघि जुनसुकै बेला कारण नदिई सर्वेक्षण छोड्न सक्नुहुन्छ। उत्तर तपाईंको परिचयबिना सङ्कलन गरिन्छ र गोप्य राखिन्छ।
नाम, थर वा इमेल ठेगानाजस्ता तपाईंलाई चिनाउने जानकारी सङ्कलन गर्दैनौँ। त्यसैले पठाएपछि तपाईंका उत्तर छुट्टै खोज्न सक्दैनौँ। यसको अर्थ सर्वेक्षण पठाएपछि तपाईंका उत्तर हटाउन सक्दैनौँ।
सर्वेक्षण पठाएर माथिको जानकारी पढेको र बुझेको पुष्टि गर्नुहुन्छ र यस सर्वेक्षणमा भाग लिन तथा बताइएका उद्देश्यका लागि तपाईंको तथ्याङ्क सङ्कलन र प्रशोधन गर्न स्वेच्छाले सहमति दिनुहुन्छ।
यदि तपाईं कुनै ज्येष्ठ व्यक्तिको तर्फबाट यो प्रश्नावली भर्दै हुनुहुन्छ भने, तपाईंले उहाँको गोपनीयताको सम्मान गर्नुपर्छ र उहाँको व्यक्तिगत जानकारी तथा उत्तरहरू गोप्य राख्नुपर्छ।
प्रश्न भए वा थप जानकारी चाहिए विश्व स्वास्थ्य सङ्गठनकी मेडिकल अफिसर डा. Yuka Sumi लाई इमेल गर्नुहोस्: sumiy@who.int।
तारा (*) भएका प्रश्न अनिवार्य छन्; अगाडि बढ्न उत्तर दिनुपर्छ। अरू प्रश्नको पनि सकेसम्म पूरा र सही उत्तर दिन अनुरोध गर्छौँ। कुनै प्रश्न खाली छोड्दा “अर्को” वा “बुझाउनुहोस्” रोज्दा सम्झाइनेछ; तर उत्तर नदिई पनि अगाडि बढ्न सक्नुहुन्छ। विभिन्न अवस्थामा स्वास्थ्य तथा हेरचाह सेवाबारे ज्येष्ठ व्यक्तिहरूका आवश्यकता, अनुभव र विचार बुझ्न सर्वेक्षणका सबै भागका उत्तर महत्त्वपूर्ण छन्।
सर्वेक्षण भर्न करिब 30 मिनेट लाग्छ, तर व्यक्तिअनुसार समय फरक हुन सक्छ।
तपाईंको समय र विश्वासका लागि हार्दिक धन्यवाद।
There are 69 questions in this survey.