ज्येष्ठ नागरिकको हेरचाहको गुणस्तर: स्वास्थ्य तथा हेरचाहकर्मी र व्यवस्थापकहरूका लागि सर्वेक्षण

Caution: JavaScript execution is disabled in your browser or for this website. You may not be able to answer all questions in this survey. Please, verify your browser parameters.

परिचय र सहमति

ज्येष्ठ नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवासम्बन्धी विश्व स्वास्थ्य संगठनको यस सर्वेक्षणमा स्वागत छ। योगदान दिनुभएकोमा धन्यवाद।

विश्व स्वास्थ्य संगठन (WHO) ले ज्येष्ठ नागरिकको हेरचाहको गुणस्तरका लागि विश्वव्यापी मापदण्ड तयार गर्दैछ। यस सर्वेक्षणको उद्देश्य कार्यक्रम व्यवस्थापकसहित स्वास्थ्य तथा हेरचाहकर्मीहरूले ज्येष्ठ नागरिकलाई उच्च गुणस्तरको हेरचाह दिन के–के अनिवार्य ठान्छन् र त्यसका लागि कस्तो सहयोग चाहिन्छ भन्ने बुझ्नु हो।

हेरचाहको गुणस्तर भन्नाले हामी प्रभावकारी, सुरक्षित, मानिसलाई केन्द्रमा राख्ने, समयमै उपलब्ध हुने, समतामूलक, एकीकृत र स्रोतको कुशल उपयोग गर्ने हेरचाहलाई बुझाउँछौँ। तपाईंको अनुभवबाट के राम्रो भइरहेको छ, के–कस्ता चुनौती छन् र कुन परिवर्तनले ज्येष्ठ नागरिकको हेरचाह सुधार्न सक्छ भन्ने जान्न चाहन्छौँ। तपाईंका विचारले ज्येष्ठ नागरिकको गुणस्तरीय हेरचाहका लागि भविष्यका अन्तर्राष्ट्रिय मापदण्ड बनाउन सहयोग गर्नेछन्।

कसले भाग लिन सक्छ?

तपाईं निम्न अवस्थामा भाग लिन सक्नुहुन्छ:

  • ज्येष्ठ नागरिक (60 वर्ष वा सोभन्दा बढी उमेर) का लागि स्वास्थ्य र/वा हेरचाह सेवा दिने, व्यवस्थापन गर्ने वा व्यवस्थित गर्ने स्वास्थ्य वा हेरचाहकर्मी अथवा स्वास्थ्य कार्यक्रम व्यवस्थापक हुनुहुन्छ; र
  • सर्वेक्षणको जानकारी बुझ्न र उपलब्ध भाषामध्ये कुनै एकमा प्रश्नावली भर्न सक्नुहुन्छ।

सर्वेक्षण पूरा गर्न करिब 30–35 मिनेट लाग्छ। 

धेरैजसो प्रश्नले ज्येष्ठ नागरिकलाई गुणस्तरीय हेरचाह दिन के–के हुनुपर्छ भनेर सोध्छन्। केही प्रश्न तपाईंको हालको अनुभव वा कार्यस्थलका बारेमा छन्। ताराचिह्न (*) भएका प्रश्न अनिवार्य हुन् र अगाडि बढ्न तिनको उत्तर दिनुपर्छ। अन्य प्रश्नमा पनि सकेसम्म पूरा र सही उत्तर दिनुहोस्। तीमध्ये कुनै प्रश्नको उत्तर नदिएमा ‘अर्को’ वा ‘बुझाउनुहोस्’ थिच्दा सम्झाउने सन्देश देखिन्छ। तर उत्तर नदिई पनि अगाडि बढ्न सक्नुहुन्छ। विभिन्न कार्यस्थलका स्वास्थ्य तथा हेरचाहकर्मीका आवश्यकता, अनुभव र दृष्टिकोण बुझ्न सर्वेक्षणका सबै भागमा तपाईंका उत्तर महत्त्वपूर्ण छन्।

तपाईंको सहभागिता

सहभागिता स्वैच्छिक हो। तपाईंका उत्तर नाम नखुल्ने गरी गोप्य राखिनेछन्। कुनै उत्तर सही वा गलत हुँदैन।

उत्तर पेश गर्नुअघि जुनसुकै बेला सर्वेक्षणबाट बाहिरिन सक्नुहुन्छ। हामी तपाईंको पहिचान खुल्ने जानकारी सङ्कलन गर्दैनौँ। त्यसैले सर्वेक्षण पेश गरेपछि तपाईंका उत्तर फेला पार्न वा हटाउन सकिँदैन।

सर्वेक्षण पेश गरेर तपाईंले माथिको जानकारी पढेको र बुझेको पुष्टि गर्नुहुन्छ। साथै, यस सर्वेक्षणमा स्वेच्छाले भाग लिन र वर्णन गरिएका उद्देश्यका लागि आफ्ना उत्तर सङ्कलन तथा प्रशोधन गर्न सहमति दिनुहुन्छ।

कुनै प्रश्न भएमा विश्व स्वास्थ्य संगठनकी चिकित्सा अधिकृत डा. Yuka Sumi लाई यो इमेलमा सम्पर्क गर्नुहोस्: sumiy@who.int।

तपाईंको योगदानका लागि धेरै धन्यवाद।

There are 93 questions in this survey.